आजबाट संघीय मञ्चको एकहप्ते भर्चुअल प्रशिक्षण कार्यक्रम शुरुहुँदै

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशव्यापी रुपमा भर्चुअल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीले यतिबेला घरमै बस्नु पर्ने बाध्यता भएको हुँदा मञ्चले राजनैतिक प्रशिक्षणलाई निरन्तरता दिन भर्चुअल माध्यमद्वारा आजबाट एक हप्ता सबै प्रान्तका नेताहरुलाई प्रशिक्षण दिन लागेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा नेताहरुलाई प्रशिक्षण दिईने संघीय महासचिव सुरेन्द्र लिम्बु नोनामले जानकारी दिएका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कामचलाउ सरकारको निर्णय र पछिल्लो बजेट भाषणले यतिबेला राजनीतिक संकट आएको बताएँदै मञ्चले कार्यक्रमलाई तिब्रता दिन लागेको महासचिव नोनाम बताउँछन् ।

कोरोना महामारीले थलिएको देशमा पछिल्लो राजनीतिक अस्थिरताले मुलुकलाई तहसनहस बनाउन आटेकोमा मञ्च चिन्तित रहेको बताउँदै मञ्च जहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा उभिएको संघीय अध्यक्ष मिराकले बताएका छन् । “पहिचान र सह–अस्तित्वलाई रक्षा गर्ने दायित्व मञ्चको रहेको हुँदा संविधान संसोधनको पक्षमा निरन्तर आन्दोलित दलको हैसियतले ७ प्रदेशलाई १०+१ प्रान्त स्थापना नभईन्जेलसम्मको राजनीतिक आन्दोलन निरन्तर अगाडि बढाउन सबै प्रकारको आन्दोलन र अवसरहरु प्रयोग गरेर अघि बढ्न मञ्चले यो प्रशिक्षण गर्न लागेको हो ।”– अध्यक्ष मिराक बताउँछन् ।

मञ्चको संघीय समितिले आयोजना गर्न लागेको यो प्रशिक्षणमा सबै नेताहरुलाई सहभागी हुन अनुरोध गरेको छ । कामचलाउ सरकारको असंवैधानिक कदमले संघीयता नै खतरामा पर्न सक्ने भन्दै अब सबै पहिचान पक्षधर आमनागरिकहरु लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बचाउनको निमित्त एकजुट हुने पर्ने बेला भएको समेत अध्यक्ष लिङ्देनले बताए । उनले चेतावनी दिदै भने– “यस्तो एकल नश्लीय चिन्तन बोकेर देश कहिल्यै समृद्धिको उच्चाईमा नपुग्ने बरु केही निहित स्वार्थका आसेपासेहरुको हत्केलामा राज्य थिलथिल भई बस्ने छ ।”

भर्चुअल जुम प्रशिक्षण प्रत्येक दिन दिउँसो ३ बजे देखि ५ बजेसम्म संचालन गरिने मञ्चका सचिव तथा लिम्बुवान प्रान्तीय महासचिव अशोक चेम्जोङ्ले जनाएका छन् । महासचिव चेम्जाेङ्ले जुम आईडी सबै नेताहरुलाई उपलब्ध गराईन यदि कसैलाई प्राप्त भएको छैन भने सम्पर्क गर्न वा जुम मिटीङ आइडी 880 0246 5053  र पासवर्ड 280734 लगिन गरेर प्रशिक्षणमा सहभागी हुन समेत अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...