अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी हमला, १३२ को ज्यान गयो

,   लिम्बुवान न्युज
                       

काठमाडौं । पश्चिम अफ्रिकाको भूपेरिवेष्ठित मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा परी ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।

राती बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।

बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ । यो आक्रमणको अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन । तर पछिल्ला वर्षहरुमा इस्लामीक कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

यस घटनाको संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । उनले विज्ञप्ति निकाल्दै भनेका छन्, “म यस जघन्य आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग आह्वान पनि गर्दछु ।’ बिबिसीबाट

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;