दमक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिदै

 लिम्बुवान न्युज
                       

दमक/विश्व बैंकको सहयोगमा दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट जडानको गृहकार्य शुरु भएको छ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोका लागि आवश्यक सहयोग र समन्वयका लागि दमक अस्पताललाई पत्राचार गरेको जनाइएको छ ।

एक महिना भित्रै दमकमा प्रतिघण्टा ४० घन मिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट स्थापना हुने जनाइएको छ । विश्व बैंकको सहयोगमा संयुक्त राष्ट्र संघ अन्तर्गतको युएनओएसपी नामक परियोजनाले सो कार्यका लागि आज (आइतबार) दमकमा अक्सिजन प्लान्ट जडानका लागि उपलब्ध जग्गा, त्यहाँँको भौतिक अवस्था तथा आवश्यक अन्य पूर्वाधारहरुको स्थलगत जानकारी लिएको दमक अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिइन ।

यहाँ जडान हुने सो प्लान्टका लागि आवश्यक उपयुक्त परिमाणको जग्गाको पहिचान, प्लान्टलाई अस्पतालको वितरण प्रणालीमा जोडने, बिद्युत प्रणालीको जडान तथा आवश्यक टहरा निर्माण लगायतका कामको जिम्मा सम्बन्धित अस्पतालको रहनेछ भने अन्य प्राविधिक तथा उपकरण विश्व बैंकको सहयोगमा सो परियोजनाले व्यवस्थापन गर्नेछ । यो दमकका लागि ठुलो उपलब्धी भएको बताउँदै उपप्रमुख अधिकारीले भनिन– ‘जति सक्दो छिटो यसलाई सञ्चालनमा ल्याउने हाम्रो प्रयत्न हुनेछ ।’

यतिबेला कोरोना संक्रमणका कारण संक्रमितहरुमा अक्सिजनको मात्रा कमि हुन गई समयमा कृत्रिम प्राण वायु अर्थात अक्सिजन उपलब्ध नहुँदा अकालमा ज्यान जाने क्रम छ । यो प्लान्ट स्थापनापछि दमकका अतिरिक्त प्रदेश एकका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव हुन पाउने छैन । सरकारले एक सय बेड वा सो भन्दा बढी सबै अस्पतालहरुलाई आफैं अक्सिजन उत्पादन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिसकेको अवस्थामा यो प्लान्टले साना अस्पतालहरुलाई राहत पुग्नेछ ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...