प्रदेश २ का ४ मन्त्री बर्खास्त प्रदेश प्रमुखद्वारा सदर

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। प्रदेश २ का ४ मन्त्री बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय प्रदेश प्रमुख राजेश झाले सदर गरेका छन् । आइतबार प्रदेश सरकारले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई मुख्यमन्त्रीको सिफारिसमा पदमुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता होम प्रसाद घिमिरेले जानकारी दिए । मन्त्री सोनलले जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी मुख्यमन्त्री लालबाबु राउतले आफू मातहत राखेका छन् ।

पूर्व राजाका दुई मन्त्रीहरु सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पछिल्लो समयमा उपेन्द्र यादव समूहतिर लाग्दा उनीहरुको पद जोगिएको हो ।

जसपाको उपेन्द्र पक्षले वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई नेता चयन गर्न उपेन्द्र खेमाका ३० जना र पूर्व राजपाका ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राजेन्द्र महतो समूह संघीय सरकारमा गएपछि उपेन्द्र समूहले प्रदेश २ सरकारबाट उनी निकटका मन्त्रीलाई हटाएको हो । अब प्रदेशमा कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने राजपाको तयारी रहेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;