आजबाट प्रदेश १ को बर्खे अधिवेशन शुरु हुँदै

,   लिम्बुवान न्युज
                       

  • लिम्बुवानखबर, २४ जेठ

प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज सुरु हुँदैछ । कोरोना महामारी भन्दै अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तिव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको हो ।

आज (सोमबार) दिउँसो दुई बजे बस्ने बैठकमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ । यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी दलहरुको अवरोधले बीचैमा टुंगिएको थियो । सातौं अधिवेशनको ८ वटा बैठकमा अन्तिम बैठकमा मात्र मुख्यमन्त्री शेरधन राई उपस्थित भएका थिए ।

प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक प्रि–बजेट छलफल छोटो अवधिमै सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।

सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी सुरु गरेपछि प्रदेशका विपक्षी दलहरुले बिरोध गर्दै संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग विज्ञप्ति मार्फत सार्वजनिक रुपमा माग गरेका थिए ।

विपक्षी दलका प्रमुखहरुले प्रदेश प्रमुखलाई भेटेर पनि अधिवेशन बोलाउन आग्रह गरेका थिए । यस लगत्तै मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेर बजेट संसद्बाटै ल्याउने बताएका थिए । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव, सत्तापक्षकै अगुवाइमा संसद् अवरोध र बहिष्कारकाबीच हिउँदे अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन ।

प्रदेश १ संसद्बाट हालसम्म पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित भएको छ । प्रदेशको राजधानी टुंगो लागेपनि नामाकरणमा भने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;