धरानमा प्रहरी आक्रमण गर्ने पाँच आरोपी पक्राउ

 लिम्बुवान न्युज
                       

धरान । धरान १५ को नयाँ बसपार्क स्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण र तोडफोड गरि फरार भएका मुख्य ५ आरोपीहरु पक्राउ परेका छन् ।

पक्राउ परेका मुख्य ५ आरोपीलाई आज (मंगलबार) सार्वजनिक गरेको हो । उक्त प्रहरी आक्रमण घटनामा १० जना युवाहरु संलग्न भएको प्रहरीले जनाएका छन् । थप ५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन् । आरोपी वसन्त र रेगनले सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसर्मपण गरेका थिए । उनीहरु धरानबाट भागेर धनकुटामा लुकेर बसेको भन्ने सूचनाको आधारमा धनकुटाको बन्चरेमा सर्च अप्रेसन गरेपछि आत्मसर्पण गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरीको ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटा जिल्लाको प्रहरीसँग समन्वय गरेर सर्च अप्रेशन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

घटना घटेको ५औं जिन जेठ १८ गतेनै प्रहरीले अन्य ३ जना बिक्रम, सिजन र सरोजलाई धरान ५ देउरालीमा लुकिछिपी बसको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुका बिरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ ।

जेठ १३ गते साँझ अस्थायी प्रहरी चौकीमा दुईजना युवाहरु उजुरी दिन पुगेकाहरुसँग चौकी इञ्चार्ज सुमन दाहालले कुरा गरिरहँदा हतियारधारी युवाहरुको समूहले चौकीभित्र प्रवेश गरि जथाभावी आक्रमण गर्ने क्रममा इन्चार्ज दाहाल गम्भीर घाइते भएका थिए भने अन्य प्रहरी जवानहरु सामान्य घाइते भएका थिए । आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढासँगै तोडफोड गरी फरार भएका थिए ।

(तस्वीरः राेहित राइबाट)

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;