उत्तरप्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बवानखबर, २४ जेठ। भारतको उत्तरप्रदेश स्थित कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

भारतीय प्रहरीका अनुसार तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । तिव्रगतिमा गुडी रहेको बस अनियन्त्रित भई दुर्घटना अत्यन्तै भयानक भएको थियो कि कि घटनास्थलमै धेरैको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री विपद कोषबाट मृतकका परिवारलाई जनही दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।

यस्तैगरी मुख्यमन्त्री आदित्यनाथले दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;