दमकमा १३०० डोज खोप उपलब्ध, ६२ देखि ६४ बर्ष उमेरका लगाउन पाउने

 लिम्बुवान न्युज
                       

दमक/आजबाट दमकमा कोरोना खोप लगाउन शुरु गरिएको छ । दमक नगरपालिकाले १ हजार ३ सय डोज खोप लगाउने जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२ देखि ६४ बर्ष उमेर समुहका मानिसहरुको संख्या १ हजार ४ सय ७५ रहेको थियो । सोही तथ्याङकलाई आधार मानेर अहिले उपलब्ध १ हजार ३ सय डोज खोप लगाउने लक्ष्यसहित खोप लगाउन शुरु गरिएको बरालले बताए ।

खोप लगाउने कामका लागि नगरपालिकामा करिब १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रत्यक्ष रुपमा खटिएका छन । सरकारले तोकेको मापदण्ड भित्र रहेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप लगाउने काम चलिरहेको बरालले बताए । बिहानै देखि खाेप लगाउनेहरू लाइन लागेकाे नगरपालिकाले जनाएकाे छ ।

सरकारले यस अघि ६० देखि ६५ बर्ष उमेर समुहका सबैलाई खोप लगाउने भनेपनि खोपको डोज पर्याप्त उपलब्ध नभएका कारण दोश्रो डोजको सुनिश्चितता गर्दै पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेर समुहका लागि पहिलो डोज लगाइएको हो ।

 

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...