दमकमा १३०० डोज खोप उपलब्ध, ६२ देखि ६४ बर्ष उमेरका लगाउन पाउने

 लिम्बुवान न्युज
                       

दमक/आजबाट दमकमा कोरोना खोप लगाउन शुरु गरिएको छ । दमक नगरपालिकाले १ हजार ३ सय डोज खोप लगाउने जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार करिब १० बर्ष अघिको तथ्याङक अनुसार दमकमा ६२ देखि ६४ बर्ष उमेर समुहका मानिसहरुको संख्या १ हजार ४ सय ७५ रहेको थियो । सोही तथ्याङकलाई आधार मानेर अहिले उपलब्ध १ हजार ३ सय डोज खोप लगाउने लक्ष्यसहित खोप लगाउन शुरु गरिएको बरालले बताए ।

खोप लगाउने कामका लागि नगरपालिकामा करिब १० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रत्यक्ष रुपमा खटिएका छन । सरकारले तोकेको मापदण्ड भित्र रहेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट खोप लगाउने काम चलिरहेको बरालले बताए । बिहानै देखि खाेप लगाउनेहरू लाइन लागेकाे नगरपालिकाले जनाएकाे छ ।

सरकारले यस अघि ६० देखि ६५ बर्ष उमेर समुहका सबैलाई खोप लगाउने भनेपनि खोपको डोज पर्याप्त उपलब्ध नभएका कारण दोश्रो डोजको सुनिश्चितता गर्दै पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेर समुहका लागि पहिलो डोज लगाइएको हो ।

 

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...