फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङ्लाई एक कार्यक्रमका बिच अक्सिजन सिलिण्डर समाजका नेपाल संयोजक लावाहाङ चेम्जोङले हस्तान्तरण गरेका थिए ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट नागरिकहरुलाई अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिण्डर सहयोग गरिएको समाजका संरक्षक सन्तोष प्रकाश रिजालले बताएका छन् ।

पालिकाको सबै स्वास्थ्य संस्थामा रहने गरी ११ वटा अक्सिजन सिलिण्डर प्रदान गरिएका समाजका नेपाल संयोजक चेम्जोङले बताए ।

विपद्को समयमा अक्सिजन सिलिण्डर जस्तो महत्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै फाल्गुनन्द गाउँपालिकाले प्रवासमा रहेर आफूले कमाएको थोरै रकमकाटेर विपतमा सहयोग गर्ने समाजलाई प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले कृतज्ञता प्रकट गरेका छन् ।

सिलिण्डर हस्तान्तरण समारोहमा पालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, ५ नं.का वडाअध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ, ६ नं.का वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बे, गैसस महासंघ अध्यक्ष नन्द नेम्बाङ, नेपाली काग्रेस पाँचथर जिल्ला कमिटी सदस्य मणिचन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द एकता समाज मलेसियाले फाल्गुनन्द गाउँपालिकामा विपन्न परिवारको उपचार, विपदमा परेका नागरिकहरुलाई लक्षित गर्दे ४० लाख रुपैयाँ भन्दा वढि सहयोग गरिसकेको समाजले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...