फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो ।

फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङ्लाई एक कार्यक्रमका बिच अक्सिजन सिलिण्डर समाजका नेपाल संयोजक लावाहाङ चेम्जोङले हस्तान्तरण गरेका थिए ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट नागरिकहरुलाई अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिण्डर सहयोग गरिएको समाजका संरक्षक सन्तोष प्रकाश रिजालले बताएका छन् ।

पालिकाको सबै स्वास्थ्य संस्थामा रहने गरी ११ वटा अक्सिजन सिलिण्डर प्रदान गरिएका समाजका नेपाल संयोजक चेम्जोङले बताए ।

विपद्को समयमा अक्सिजन सिलिण्डर जस्तो महत्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै फाल्गुनन्द गाउँपालिकाले प्रवासमा रहेर आफूले कमाएको थोरै रकमकाटेर विपतमा सहयोग गर्ने समाजलाई प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले कृतज्ञता प्रकट गरेका छन् ।

सिलिण्डर हस्तान्तरण समारोहमा पालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे, ५ नं.का वडाअध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ, ६ नं.का वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बे, गैसस महासंघ अध्यक्ष नन्द नेम्बाङ, नेपाली काग्रेस पाँचथर जिल्ला कमिटी सदस्य मणिचन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द एकता समाज मलेसियाले फाल्गुनन्द गाउँपालिकामा विपन्न परिवारको उपचार, विपदमा परेका नागरिकहरुलाई लक्षित गर्दे ४० लाख रुपैयाँ भन्दा वढि सहयोग गरिसकेको समाजले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...