कोरियाका समाजसेवी सेर्माद्वारा लाखौं रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

यासोक/पाँचथरको कुम्मायक २ माङजाबुङ घरभई दक्षिण कोरियामा रहनुभएका समाजसेवी गजेन्द्र सेर्माले आफ्नो वार्डमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । २ लाख १६ हजार मुल्य बराबरको अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री समाजसेवी सेर्माले प्रदान गरेका हुन् ।

वैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुग्नु भएका उहाँले व्यक्तिगत २ लाख १६ हजार मुल्यको स्वास्थ्य चौकी माङजाबुङलाई ४३ केजीको ६ वटा अक्सिजन सिलिण्डर त्यस्तै प्रत्येक घरघरमा बितरण गर्नको लागि ८ हजार ५ सय माक्स, ८ सय ५० थान सेनिटाइजर बितरण गर्नुभएको हो । उहाँका दाजु घनेन्द्रकुमार शेर्माले वडाअध्यक्ष बालकृष्ण शेर्मालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

यस वडामा ८ सय १५ घरधुरीका ४ हजार जनसंख्याको बसोवास छ । भौगोलिक रुपमा दुर्गम क्षेत्र भएकाले कोभिड संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई माहामारीबाट सुरक्षित गर्न सहयोग गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार शेर्माले बताउँनुभयो । माहामारीको समयमा बिदेशमा कोभिडले ठुलो क्षति पु¥याएको पीडा सम्झेर भाइले वडावासीलाई त्यस्तो पीडा नहोस् भन्दै सामाजिक दायित्व पूरा गर्न सहयोग गरेको शेर्माले बताए ।

वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वायमसेविका मार्फत बितरण गरिने वडाध्यक्ष सेर्माले बताएका छन् । उनले भने– “सम्भव भएसम्म घर घरमा, भनए पनि टोल बिभाजन गरी सामाजिक सुरक्षा कायम गरी बितरण गर्ने गरी व्यवस्थान मिलाएका छौ ।”

नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ को समन्वयमा सेर्माले आफ्नो व्यक्तिगत लगानीमा वडावासीलाई स्वास्थ्य सामाग्री बितरण गरेका हुन् । यतिवेला उनको सहयोगको वडावासीले सर्वत्र प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...