दमकमा कोरोना संक्रमण रोकिएको छैन, निषेधाज्ञा पालनामा सचेत नहुने मुख्य चुनौती

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा सरकारले तोकेको निषेधाज्ञा पालना नगरेको पाइएको छ । बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीयहरुले निषेधाज्ञा पालना नगर्नु नै मुख्य चुनौती भएको हो ।

नगरपालिकाले निशुल्क परिक्षणका लागि पठाइएका नमुनामध्ये सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानबाट आज शुक्रबार प्राप्त रिपोर्ट अनुसार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट पाइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमितहरुको विस्तृत तथ्याङक तयार पार्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर करिब एक महिना अघिदेखि लगाएको निषेधाज्ञाका बीच गरिएको परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु बढदै जानुलाई स्वास्थ्य सरोकारवालाहरुले गम्भिर चिन्ताको बिषयका रुपमा लिएका छन ।

दमक नगरपालिका क्षेत्रमा एक महिना अघिदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । पछिल्लो समय थपिएको एक साताको निषेधाज्ञाको समय सकिनै लाग्दा दमकमा यस किसिमको चिन्ता बढेको हो । निषेधाज्ञाको पालनामा सर्वसाधारण सचेत नहुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकेको स्वास्थ्य शाखाको निश्कर्ष रहेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...