दमकमा कोरोना संक्रमण रोकिएको छैन, निषेधाज्ञा पालनामा सचेत नहुने मुख्य चुनौती

 लिम्बुवान न्युज
                       

दमक/ झापाको दमकमा सरकारले तोकेको निषेधाज्ञा पालना नगरेको पाइएको छ । बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीयहरुले निषेधाज्ञा पालना नगर्नु नै मुख्य चुनौती भएको हो ।

नगरपालिकाले निशुल्क परिक्षणका लागि पठाइएका नमुनामध्ये सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानबाट आज शुक्रबार प्राप्त रिपोर्ट अनुसार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट पाइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमितहरुको विस्तृत तथ्याङक तयार पार्ने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर करिब एक महिना अघिदेखि लगाएको निषेधाज्ञाका बीच गरिएको परिक्षणमा ठुलो संख्यामा संक्रमितहरु बढदै जानुलाई स्वास्थ्य सरोकारवालाहरुले गम्भिर चिन्ताको बिषयका रुपमा लिएका छन ।

दमक नगरपालिका क्षेत्रमा एक महिना अघिदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । पछिल्लो समय थपिएको एक साताको निषेधाज्ञाको समय सकिनै लाग्दा दमकमा यस किसिमको चिन्ता बढेको हो । निषेधाज्ञाको पालनामा सर्वसाधारण सचेत नहुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकेको स्वास्थ्य शाखाको निश्कर्ष रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...