सर्वदलीय बैठकको निश्कर्षः लोकतन्त्र र संविधान बचाउने जिम्मेवारी दलकै

 लिम्बुवान न्युज
                       

काठमाडौं। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थिएन । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपाल, पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाका नेता दिपक बोहरा, नेमकिपाका प्रेम सुवाललगायत नेताहरुको उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल भर्चुअल मार्फत कार्यक्रममा सहभागी भएका थिए ।

जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए । ‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक–पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा.भट्टराईले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा भएको छलफलमा अधिकांशले संसद विघटनको विरोध गरेका थिए । कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री ओलीले पटकपटक संविधानको धज्जी उढाएको हुँदा लोकतन्त्र र संविधान रक्षाका लागि विरोध गरिएको बताउनु हुँदै अहिलेको अवस्थामा सडक आन्दोलन गर्ने परिस्थिति नभएकोले अदालतबाट न्याय पाउने आशा व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

 

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...