पाँचथरमा कोरोना संक्रमितको संख्या १४३५ पुग्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २९ जेठ । पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या १४३५ पुगेको छ । आज परीक्षण गरिएकामध्येबाट थप १६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या १४३५ पुगेको हो ।

आज ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । शुक्रबार ४५ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै पाँचथरमा हालसम्म ६२० जना संक्रमित संक्रमणमुक्त भएका छन् । कोभिड अस्पताल र आइसोलेसनमा गरी अहिले १७ जना संक्रमित उपचाररत छन् ।

जिल्लामा उपचार हुन नसकी हालसम्म २२ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ । हालसम्म जिल्ला भित्रै सात जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । तर जिल्लामा संक्रमण पुष्टि भई थप एक दर्जन संक्रमितको उपचारका क्रममा जिल्ला बाहिर निधन भएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...