संघीय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सबै प्रान्तबाट सहभागीहरुले जिज्ञासा राख्दै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले मञ्चको राजनीतिक संरचना, १०+१ प्रान्तहरुको निर्माण, संघीय सामुदायिक समाजवाद र संघीय अर्थतन्त्र बारे प्रत्येक दिन १ घण्टा प्रशिक्षण दिएका थिए भने अन्य नेताहरुले मञ्चले अवलम्बन गरेको राजनीतिक दर्शन बारे प्रशिक्षण गरेका थिए ।

कोरोना महामारीको चपेटामा उकुसमुकुस भएका आम कार्यकर्ताहरुलाई पहिलो पल्ट गरिएको जुम भर्चुअल प्रशिक्षण निक्कै नै प्रभावकारी भएको तमुवान मञ्चका अध्यक्ष गजेन्द्र लिम्बुले बताए । त्यसैगरी खसान संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले मञ्चको राजनीतिक दर्शनले मात्र मेची देखि कालीसम्मका सबै जाती र वर्गलाई समेट्ने सक्ने धारणा राखेका थिए ।

यस्तैगरी कार्यक्रममा तामाङ्सालीङ अध्यक्ष मिङ्मार लामाले मञ्चको राजनीतिक एजेण्डाले मात्र देशमा संघीयताको नक्सा पूर्ण हुने बताए । अहिलेको एकात्मक पार्टीहरुबाट पहिचान र संघीयता सम्भव नहुने बताए । यस्तै कार्यक्रमका अर्का प्रशिक्षक दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाले दलित मुक्तिको निम्ति ठूला पहिचान विरोधी पार्टीबाट सम्भव नहुने भएको हुँदा मञ्चको विकल्प नभएको बताए । भौगोलिक प्रान्त दलितले मात्र पाउने जिकीर गर्दै उनले भने –मञ्चले गैरभौगोलिक प्रान्तको रुपमा मेची देखि कालीसम्मका दलितहरुलाई जोड्ने एउटा मात्रै पार्टी भनेको संघीय मञ्च रहेको छ । यो मञ्चले मात्र दलित मुक्ति सम्भव हुने उनले तर्क गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा साहयक प्रशिक्षकको रुपमा मञ्चका उपाध्यक्षहरु विशेन्द्र चेम्जोङ्, चन्द्र खापुङ्, इन्द्र श्रेष्ठ, अम्बर बहादुर पन्धाक, मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव अशोक चेम्जोङ्, संघीय अर्थसचिव विष्णु यक्सो र दिपा आङ्मा लगायतले सहभागी नेता तथा कार्यकर्ताहरुलाई मञ्चको राजनैतिक एजेण्डामाथि प्रष्ट पारेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष लिङदेनले वर्तमान राजनीतिक परिस्थिति धेरैनै कठिन मोडमा छ । यो बेला सबै नेता कार्यकर्ताहरु सांगठानिक रुपमा सुदृढ हुँदै मञ्चको सांगठानिक कार्यनीति निर्माणमा लाग्न अनुरोध गरेका छन् । फेरि पनि संघीयता खतरामा पर्ने बताउँदै लिङ्देनले भने —“आशा गरिएका दलहरु नै संघीयताको पक्षमा नहरेको हुँदा अबको विकल्प भनेको मञ्च भएकाले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई राष्ट्रियता र अधिकार स्थापित गर्न मञ्चमा आउन अपिल गर्दछु ।”

भर्चुअल जुम प्रशिक्षणमा मञ्चका प्रान्तीय नेताहरु, जिल्ला, जनवर्गीय र प्रवास समितिका नेताहरु समेत सहभागी भएका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...