संघीय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सात दिने भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सबै प्रान्तबाट सहभागीहरुले जिज्ञासा राख्दै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले मञ्चको राजनीतिक संरचना, १०+१ प्रान्तहरुको निर्माण, संघीय सामुदायिक समाजवाद र संघीय अर्थतन्त्र बारे प्रत्येक दिन १ घण्टा प्रशिक्षण दिएका थिए भने अन्य नेताहरुले मञ्चले अवलम्बन गरेको राजनीतिक दर्शन बारे प्रशिक्षण गरेका थिए ।

कोरोना महामारीको चपेटामा उकुसमुकुस भएका आम कार्यकर्ताहरुलाई पहिलो पल्ट गरिएको जुम भर्चुअल प्रशिक्षण निक्कै नै प्रभावकारी भएको तमुवान मञ्चका अध्यक्ष गजेन्द्र लिम्बुले बताए । त्यसैगरी खसान संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले मञ्चको राजनीतिक दर्शनले मात्र मेची देखि कालीसम्मका सबै जाती र वर्गलाई समेट्ने सक्ने धारणा राखेका थिए ।

यस्तैगरी कार्यक्रममा तामाङ्सालीङ अध्यक्ष मिङ्मार लामाले मञ्चको राजनीतिक एजेण्डाले मात्र देशमा संघीयताको नक्सा पूर्ण हुने बताए । अहिलेको एकात्मक पार्टीहरुबाट पहिचान र संघीयता सम्भव नहुने बताए । यस्तै कार्यक्रमका अर्का प्रशिक्षक दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाले दलित मुक्तिको निम्ति ठूला पहिचान विरोधी पार्टीबाट सम्भव नहुने भएको हुँदा मञ्चको विकल्प नभएको बताए । भौगोलिक प्रान्त दलितले मात्र पाउने जिकीर गर्दै उनले भने –मञ्चले गैरभौगोलिक प्रान्तको रुपमा मेची देखि कालीसम्मका दलितहरुलाई जोड्ने एउटा मात्रै पार्टी भनेको संघीय मञ्च रहेको छ । यो मञ्चले मात्र दलित मुक्ति सम्भव हुने उनले तर्क गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा साहयक प्रशिक्षकको रुपमा मञ्चका उपाध्यक्षहरु विशेन्द्र चेम्जोङ्, चन्द्र खापुङ्, इन्द्र श्रेष्ठ, अम्बर बहादुर पन्धाक, मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव अशोक चेम्जोङ्, संघीय अर्थसचिव विष्णु यक्सो र दिपा आङ्मा लगायतले सहभागी नेता तथा कार्यकर्ताहरुलाई मञ्चको राजनैतिक एजेण्डामाथि प्रष्ट पारेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष लिङदेनले वर्तमान राजनीतिक परिस्थिति धेरैनै कठिन मोडमा छ । यो बेला सबै नेता कार्यकर्ताहरु सांगठानिक रुपमा सुदृढ हुँदै मञ्चको सांगठानिक कार्यनीति निर्माणमा लाग्न अनुरोध गरेका छन् । फेरि पनि संघीयता खतरामा पर्ने बताउँदै लिङ्देनले भने —“आशा गरिएका दलहरु नै संघीयताको पक्षमा नहरेको हुँदा अबको विकल्प भनेको मञ्च भएकाले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई राष्ट्रियता र अधिकार स्थापित गर्न मञ्चमा आउन अपिल गर्दछु ।”

भर्चुअल जुम प्रशिक्षणमा मञ्चका प्रान्तीय नेताहरु, जिल्ला, जनवर्गीय र प्रवास समितिका नेताहरु समेत सहभागी भएका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...