दमकका चिया मजदुरमा देखियो कोरोना पोजेटिभ

 लिम्बुवान न्युज
                       

दमक/दमकस्थित महालक्ष्मी चियाबगानमा कार्यरत मजदुर तथा कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार सो बगानमा कार्यरत १०० जनामा गरेको एन्टिजेन परिक्षणका क्रममा २० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामा महिलाको संख्या उच्च रहेको छ । १३ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परिक्षण तत्काल नतिजा दिने परिक्षण विधि हो ।

स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार पोजिटिभ देखिएकाहरु सबै चियाबगान क्षेत्र (दमक ९ र ४ ) का हुन । उनीहरु सबै होमआइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्य सम्बन्धिको समस्या महसुस भएमा तत्काल सम्पर्कमा आउन भनिएको पनि भट्टराईले बताए । उनले नगरपालिकाद्धारा बेलडाँगीमा निर्मित कोभिड उपचार केन्द्रमा राखेर उपचारको व्यवस्था मिलाउन सकिने जनाएका छन् । आइसोलेसन बस्नका लागि समस्या हुने भए तत्काल नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउनु पर्ने र उनीहरुको व्यवस्थापन नगरपालिकाबाट गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...