दमकका चिया मजदुरमा देखियो कोरोना पोजेटिभ

 लिम्बुवान न्युज
                       

दमक/दमकस्थित महालक्ष्मी चियाबगानमा कार्यरत मजदुर तथा कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार सो बगानमा कार्यरत १०० जनामा गरेको एन्टिजेन परिक्षणका क्रममा २० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामा महिलाको संख्या उच्च रहेको छ । १३ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परिक्षण तत्काल नतिजा दिने परिक्षण विधि हो ।

स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार पोजिटिभ देखिएकाहरु सबै चियाबगान क्षेत्र (दमक ९ र ४ ) का हुन । उनीहरु सबै होमआइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्य सम्बन्धिको समस्या महसुस भएमा तत्काल सम्पर्कमा आउन भनिएको पनि भट्टराईले बताए । उनले नगरपालिकाद्धारा बेलडाँगीमा निर्मित कोभिड उपचार केन्द्रमा राखेर उपचारको व्यवस्था मिलाउन सकिने जनाएका छन् । आइसोलेसन बस्नका लागि समस्या हुने भए तत्काल नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउनु पर्ने र उनीहरुको व्यवस्थापन नगरपालिकाबाट गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...