दमक/ दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोभिड–१९ संक्रमित मृतकको संख्या २३ पुगेको छ । आज दमक ५ का एक पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमित कूल १ हजार १ सय ३७ जना संक्रमण मुक्त भइसकेको स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरी दमकमा पीसिआर तथा एन्टिजेन परिक्षण मार्फत हाल सम्म कूल १ हजार ५ सय १२ जनामा कोरोनाको दोश्रो भेरियन्ट पुष्टि भएको छ । जसमध्ये महिलाको संख्या ७३२ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकमा हाल सक्रिय संक्रमितको संख्या ३५२ रहेको छ भने होम आइसोलेसनमा ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हाल सम्म ११४६ जनाको निःशुल्क पीसिआर परिक्षण गरेको जनाएको छ ।