इलामबाट लागु औषध सहित चार पक्राउ

,   लिम्बुवान न्युज
                       

इलाम। लागु औषध सहित चार जनालाई इलाममा प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेको समयमा जिल्लाको इलाम माई नगरपालिका ४ शंकर गाउँस्थित झापाको विर्तामोड बाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले लागु औषध सहित उनिहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाए ल्याएको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका ८ बस्ने बर्ष–२८ महेश थापा, सोही स्थान बस्ने वर्ष–३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ को रुपेशकुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ को सुदिप कुमार दनुवार रहेका छन् । पक्राउ परेका ४ जना, मोटरसाइकल र बरामद भएको लागु औषधसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर अनुसन्धान भई रहेको छ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;