दमकमा कोरोना संक्रमितको संख्या १५४६ जना, ट्रष्टद्वारा १ लाख ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

दमक । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता कोरोना संक्रमित संख्या १ हजार ५४६ पुगेको छ । जेठ मसान्तसम्मको दोस्रो भेरियन्टयता कोरोना संक्रमितको संख्या यति पुगेको नगरपालिकाले जनाएको छ ।

यस्तैगरी १ हजार १४८ जना कोरोना संक्रमण मुक्त भई निको भएको नगरपालिकाले जनाएको छ । दमकनगरमा हालसम्म कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा कोरोना संक्रमित पुरुष संख्या ७९५ जना र महिलाको संख्या ७५१ जना रहेको छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ । दमकका ४ वटा कोभिड अस्पतालमा ५९ जना सक्रिय संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपाल दमक शाखाले १ लाख ८० हजार बराबरको १५० थान पिपिइ र १० वटा पल्सअक्सिमिटर दमक नगरपालिकालाई हस्तान्तरण गरेको छ । त्यसैगरी शान्तिभजन कृतन दमक र नेपाल बाल संगठन झापाले ३०/३० हजार रकम नगरपालिकालाई सहयोग दिएका छन् ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...