दमकमा कोरोना संक्रमितको संख्या १५४६ जना, ट्रष्टद्वारा १ लाख ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

दमक । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता कोरोना संक्रमित संख्या १ हजार ५४६ पुगेको छ । जेठ मसान्तसम्मको दोस्रो भेरियन्टयता कोरोना संक्रमितको संख्या यति पुगेको नगरपालिकाले जनाएको छ ।

यस्तैगरी १ हजार १४८ जना कोरोना संक्रमण मुक्त भई निको भएको नगरपालिकाले जनाएको छ । दमकनगरमा हालसम्म कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमकमा कोरोना संक्रमित पुरुष संख्या ७९५ जना र महिलाको संख्या ७५१ जना रहेको छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ । दमकका ४ वटा कोभिड अस्पतालमा ५९ जना सक्रिय संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपाल दमक शाखाले १ लाख ८० हजार बराबरको १५० थान पिपिइ र १० वटा पल्सअक्सिमिटर दमक नगरपालिकालाई हस्तान्तरण गरेको छ । त्यसैगरी शान्तिभजन कृतन दमक र नेपाल बाल संगठन झापाले ३०/३० हजार रकम नगरपालिकालाई सहयोग दिएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...