वाइसिएल १ नम्बर प्रदेशले घाइते र शहिद परिवारलाई दियो राहत

 लिम्बुवान न्युज
                       

दमक/नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश कमिटिले राहत वितरण गरेको छ । प्रदेश कमिटीको नेतृत्वमा झापा, मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल र चिउरा) राहत प्रदान गरेको हो ।

संगठनका प्रदेश कमिटी संयोजक कर्म पूलामीको नेतृत्वमा पार्टी तथा संगठनका नेता कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा बुधबार वितरण गरिएको जनाएको छ । संगठनले झापाको कमल (साविक तोपगाछी) मा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना नेपालका घाईते, अपाङ तथा सहिद परिवारका लागि पूर्व जनमुक्ती सेना नेपालको संगठन मार्फत ४० बोरा चामल वितरण गरेको थियो ।

सो खाद्यान्न राहत कमल ३ गुरुङ टोलमा पूर्व जनमुक्ति सेना नेपालको संगठनका सचिव सागर शेर्पालाई हस्तान्तरण गर्दै वाइसिएलका प्रदेश संयोजक पुलामीले कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पार्टी र संगठनको केन्द्रिय नीति अनुसार सो राहत प्रदान गरिएको बताए ।

सो टोलीले माओवादी जनयुद्धका घाईते पूर्व जनमुक्ति सेना सिक्सम लिम्बुको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै खाद्यान्न राहत प्रदान गरेको थियो । ४७ बर्षिय लिम्बु तत्कालिन राजा ज्ञानेन्द्र साहले गराएको निर्वाचनको अघिल्लो दिन धनकुटामा सुरक्षाकर्मीसंगको भिडन्तमा घाईते भएका थिए । उनको शरिर चल्न नसक्ने अवस्थामा छ । उनी पछिल्लो समय मलद्धारको छेउमा भएको घाउबाट पिप बगिरहने समस्यामा छन ।

वाइसिएलले आजनै उर्लाबारी र मधुमल्लामा समेत पुगेर पूर्व जनसेना तथा तिनको परिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । राहत वितरणमा संगठनका केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले, मोरङ जिल्ला उपाध्यक्ष राजिव लिम्बु र उर्लाबारी नगर सहसचिव अनिल साह समेत सहभागी थिए ।

संगठन मार्फत प्रदान गरिएको ३३ बोरा चामल वाइसिएल उर्लाबारीका अनिल साह र सविन घिमिरे मार्फत मोरङ जिल्ला उपाध्यक्षद्धय सुसन लिम्बु र कमल हाङगाम, मधुमल्लाका व्यवसायी सुसन खडका, शिवसताक्षी २ का प्रकाश बस्नेत, भुपेन्द्र साह, दिलिप बुढाथोकी, राजु दर्नाल र विर्तामोड नगर अध्यक्ष माधव झा मार्फत प्राप्त भएको वाइसिएल १ नम्बर प्रदेश कमिटीले जनाएको छ ।

दमकका सुकुम्बासीलाई वाइसिएलको सहयोग


यसैबीच दमक ७ मा स्थानीय सरकारद्वारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ घर परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ । संगठनको १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त) को उपस्थितिमा प्रति परिवार एक÷एक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो । वाइसिएलका प्रदेश संयोजक पूलामीले सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...