वाइसिएल १ नम्बर प्रदेशले घाइते र शहिद परिवारलाई दियो राहत

 लिम्बुवान न्युज
                       

दमक/नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालको एक नम्बर प्रदेश कमिटिले राहत वितरण गरेको छ । प्रदेश कमिटीको नेतृत्वमा झापा, मोरङ र इलामको चुलाचुली १ कमलमा बसोबास गर्ने पूर्व जनमुक्ति सेना नेपालको परिवारलाई खाद्यान्न (चामल र चिउरा) राहत प्रदान गरेको हो ।

संगठनका प्रदेश कमिटी संयोजक कर्म पूलामीको नेतृत्वमा पार्टी तथा संगठनका नेता कार्यकर्ता तथा शुभेच्छुक व्यवसायीहरुबाट संकलन गरिएको कूल १५० बोरा चामल र ६ बोरा चिउरा बुधबार वितरण गरिएको जनाएको छ । संगठनले झापाको कमल (साविक तोपगाछी) मा बसोबास गर्दै आएका पूर्व जनमुक्ति सेना नेपालका घाईते, अपाङ तथा सहिद परिवारका लागि पूर्व जनमुक्ती सेना नेपालको संगठन मार्फत ४० बोरा चामल वितरण गरेको थियो ।

सो खाद्यान्न राहत कमल ३ गुरुङ टोलमा पूर्व जनमुक्ति सेना नेपालको संगठनका सचिव सागर शेर्पालाई हस्तान्तरण गर्दै वाइसिएलका प्रदेश संयोजक पुलामीले कोरोना महामारी र जारी निषेधाज्ञाका कारण समस्यामा परेका सहयोद्धाको परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्धेश्यले पार्टी र संगठनको केन्द्रिय नीति अनुसार सो राहत प्रदान गरिएको बताए ।

सो टोलीले माओवादी जनयुद्धका घाईते पूर्व जनमुक्ति सेना सिक्सम लिम्बुको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै खाद्यान्न राहत प्रदान गरेको थियो । ४७ बर्षिय लिम्बु तत्कालिन राजा ज्ञानेन्द्र साहले गराएको निर्वाचनको अघिल्लो दिन धनकुटामा सुरक्षाकर्मीसंगको भिडन्तमा घाईते भएका थिए । उनको शरिर चल्न नसक्ने अवस्थामा छ । उनी पछिल्लो समय मलद्धारको छेउमा भएको घाउबाट पिप बगिरहने समस्यामा छन ।

वाइसिएलले आजनै उर्लाबारी र मधुमल्लामा समेत पुगेर पूर्व जनसेना तथा तिनको परिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । राहत वितरणमा संगठनका केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले, मोरङ जिल्ला उपाध्यक्ष राजिव लिम्बु र उर्लाबारी नगर सहसचिव अनिल साह समेत सहभागी थिए ।

संगठन मार्फत प्रदान गरिएको ३३ बोरा चामल वाइसिएल उर्लाबारीका अनिल साह र सविन घिमिरे मार्फत मोरङ जिल्ला उपाध्यक्षद्धय सुसन लिम्बु र कमल हाङगाम, मधुमल्लाका व्यवसायी सुसन खडका, शिवसताक्षी २ का प्रकाश बस्नेत, भुपेन्द्र साह, दिलिप बुढाथोकी, राजु दर्नाल र विर्तामोड नगर अध्यक्ष माधव झा मार्फत प्राप्त भएको वाइसिएल १ नम्बर प्रदेश कमिटीले जनाएको छ ।

दमकका सुकुम्बासीलाई वाइसिएलको सहयोग


यसैबीच दमक ७ मा स्थानीय सरकारद्वारा घर टहरा भत्काइएपछि समस्यामा परेका ७ घर परिवारलाई वाइसिएलले चामल प्रदान गरेको छ । संगठनको १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा चौंलागाइँ (श्रीकान्त) को उपस्थितिमा प्रति परिवार एक÷एक बोरा चामल राहत स्वरुप प्रदान गरेको हो । वाइसिएलका प्रदेश संयोजक पूलामीले सो सहायता सामग्री पीडित परिवारलाई घर भत्काइएको स्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...