जसपा कार्यकारिणी बैठकमा ८ नेतालाई प्रवेश निषेध

 लिम्बुवान न्युज
                       

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टीबाट निष्कासित ८ नेतालाई सहभागी नगराउने भएको छ । निष्कासित नेताहरुलाई पार्टी बैठकमा प्रदेश नदिने तय भएको हो ।

पार्टीले निष्कासन गरिसकेका चार नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णसहित वर्तमान कामचलाउ केपी ओली नेतृत्वको सरकारमा सहभागी नेताहरु शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव र चन्दा चौधरीलाई कार्यकारिणी समितिको बैठकमा सहभागी नगराइने पार्टी स्रोतले जनाएको छ ।

जसपाले यसअघि नै ओली सरकारमा सहभागी हुने पार्टीका जोसुकै नेतालाई तत्काल निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टी निर्णय अनुसार नै आठ जना नेताहरुलाई बैठकमा नबोलाइएको कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले प्रष्ट पारे ।

कार्यकारिणी बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।

यस्तैगरी ठाकुर पक्षले भने बुधबार विज्ञप्ति जारी गरेर जसपाको बैठक नरहेको भनी मिडियामा प्रचारबाजी गरेका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले भने पार्टीबाट निष्कासित ठाकुरलाई कार्यकारिणी समितिको बैठक छैन भन्ने अधिकार नरहेको बताएका छन् । पार्टीमा नरहेका व्यक्तिहरुले बाहिर के गर्छन् भन्ने कुराले कुनै प्रभाव नपर्ने यादवको भनाइ छ ।

जसपाका ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;