जसपाद्वारा काम चलाउ सरकारमा सहभागी ९ जना मन्त्रीहरुलाई कारवाही

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ असार
काठमाडौं। केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री भएका जनता समाववादी पार्टी, नेपाल (जसपा)का ९ जना नेता पार्टीबाट निष्कासित भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसहित पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको कार्यकारिणी समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

काम चलाउ सरकारको विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरु शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्द्रा चौधरी, एकवाल मियाँ, चन्द्रकान्त चौधरी र रेनुका गुरुङलाई जसपाले पार्टीबाट निष्कासन गरेको हो । सरकारको उपप्रधानमन्त्री बनेका बरिष्ठ नेता राजेन्द्र महतो र मन्त्री लक्ष्मणलाल कर्ण भने गत जेठ १८ गते नै जसपाबाट निष्कासित भइसकेका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई निष्कासनसहितको कारबाही गरेको हो । जसपाले गत जेठ ८ गते नै वर्तमान कामचलाउ ओली सरकारमा सहभागी नहुने निर्णय गर्दै सहभागी भए कारबाही गरिने निर्णय गरेको थियो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय पनि गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले पार्टीका लुम्बिनी प्रदेशका चार जना सांसदहरुलाई पुनः पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको जनाइएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेशमा सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका थिए ।

बिहीबार सम्पन्न कार्यकारिणी बैठकले मुलुक बाढी र पहिरोको चपेटामा फसिरहेको बेला प्रभावित नागरिकलाई उद्धार र राहतमा प्रभावकारी ढंगले काम गर्दै जनताको जीवनरक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको हो । त्यसैगरी जसपाले गिटी, बालुवा र ढुंगा बेच्ने निर्णय तत्काल फिर्ता गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

त्यस्तै, बैठकले पार्टीले चुरे संरक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । ‘बारा र पर्सा जिल्ला समितिको सिफारिस अनुसार गत स्थानीय चुनावमा पार्टीको चुनाव चिन्हबाट निर्वाचन जितेका तर अन्य पार्टीमा गएका स्थानीय प्रतिनिधिहरुको पदरिक्त गर्ने प्रक्रिया प्रारम्भ गर्ने निर्णय पनि गरिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;