जातीय विभेद गरिएको भन्दै सञ्चारकर्मी सुनारले प्रहरीमा दिईन जाहेरी

,   लिम्बुवान न्युज
                       

काठमाडौँ । जातीय विभेद गरिएको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफलमा जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।

आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुनारको माग छ ।

साथीको सहयोगमा कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । कोठा दिन मञ्जुर भई कोठा दिइसकेपछि घरधनीले कुन थरको भन्ने प्रश्न गरेपश्चात जवाफमा सुनारले ‘कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन् ।

साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् । घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत ल्याउन आग्रह गरेकी थिईन् । घटना लगत्तै सुनारले मंगलबार साँझ आफूमाथि माथि भएको जातीय विभेदको बारेमा भिडियो सार्वजनिक गरेकी थिइन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;