छथर। आर्थीक अभावका कारण उपचारमा समस्या भएकी तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङ जोरधाराकी २१ बर्षीया भुमिका पाक्साँवालाई बचाउन परिवारले सहयोगको अपिल गरेका छन । खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेरकी भुमिकाको फोक्सोमा समस्या भई उपचार गर्न आर्थिक अभाव भएकाले उनलाई बचाउन परिवारले सहयोगको अपिल गरेका हुन ।
आर्थिक रुपमा एकदमै विपन्न परिवारकी भुमिकालाई उपचारका लागी यसअघि धरान स्थीत बिपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा क्याममा उपचारका लागी लगिएको थियो । उपचारको क्रममा फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएको उनका आमा आईतरानी लिम्बुले बताइन् । ‘छोरीको उपचारका लागी ऋण साहु गरेर पहिला १ लाख खर्च भयो तर स्वास्थ्यमा सुधार आएन खर्च नपुगेपछी घर फर्काइएको भुमिकाकी आमा आईतरानीले भनिन्’ एक छोरीकी आमा भुमिका शरिरीक रुपमा मोटी थिईन ।
करिब २ महिना अघि एक्कासी स्वास्थ्यमा समस्या भएको उनको श्रीमान प्रितम गुरुङले बताएका छन् । आर्थिक रुपमा विपन्न परिवार रहेकोले हातमुख जोड्नै पनि समस्या हुँदै आएको छ । दुई दिदी बैनीहरुमा उनी जेठी हुन् । उनका बुवा आमा र श्रीमानसँगै माईतीमा नै बस्दै आएकी छिन् । उनका आमा बुवा छोरीको अबस्था देखेर आँखा भरी आँशु झार्दै सबैलाई सहयोगी मनहरुलाई सहयोगका लागी आग्रह गरि रहेका छन् ।
भुमिकाको दोश्रो पटक उपचारका लागी ३० हजार ऋण गरेर बिपी कोइराला बिज्ञान प्रतिष्ठान क्याम्प पठाएको उनका बुवा कान्छा बहादुर पाक्साँवाले बताए । उपचारमा सहयोग गर्नका लागी सहयोगी मनहरुले ९८४२३०५९८५ नम्बरमा पिढीत विरामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।