तेह्रथुमकी २१ बर्षीया पाक्साँवालाई बचाउन परिवारद्वारा अपिल

 लिम्बुवान न्युज
                       

  • दिल पाक्साँवा

छथर। आर्थीक अभावका कारण उपचारमा समस्या भएकी तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङ जोरधाराकी २१ बर्षीया भुमिका पाक्साँवालाई बचाउन परिवारले सहयोगको अपिल गरेका छन । खाउँ–खाउँ लाउँ–लाउँ भन्ने उमेरकी भुमिकाको फोक्सोमा समस्या भई उपचार गर्न आर्थिक अभाव भएकाले उनलाई बचाउन परिवारले सहयोगको अपिल गरेका हुन ।

आर्थिक रुपमा एकदमै विपन्न परिवारकी भुमिकालाई उपचारका लागी यसअघि धरान स्थीत बिपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा क्याममा उपचारका लागी लगिएको थियो । उपचारको क्रममा फोक्सोमा पानी जमेको चिकित्सकहरुले जनाएको उनका आमा आईतरानी लिम्बुले बताइन् । ‘छोरीको उपचारका लागी ऋण साहु गरेर पहिला १ लाख खर्च भयो तर स्वास्थ्यमा सुधार आएन खर्च नपुगेपछी घर फर्काइएको भुमिकाकी आमा आईतरानीले भनिन्’ एक छोरीकी आमा भुमिका शरिरीक रुपमा मोटी थिईन ।

करिब २ महिना अघि एक्कासी स्वास्थ्यमा समस्या भएको उनको श्रीमान प्रितम गुरुङले बताएका छन् । आर्थिक रुपमा विपन्न परिवार रहेकोले हातमुख जोड्नै पनि समस्या हुँदै आएको छ । दुई दिदी बैनीहरुमा उनी जेठी हुन् । उनका बुवा आमा र श्रीमानसँगै माईतीमा नै बस्दै आएकी छिन् । उनका आमा बुवा छोरीको अबस्था देखेर आँखा भरी आँशु झार्दै सबैलाई सहयोगी मनहरुलाई सहयोगका लागी आग्रह गरि रहेका छन् ।

भुमिकाको दोश्रो पटक उपचारका लागी ३० हजार ऋण गरेर बिपी कोइराला बिज्ञान प्रतिष्ठान क्याम्प पठाएको उनका बुवा कान्छा बहादुर पाक्साँवाले बताए । उपचारमा सहयोग गर्नका लागी सहयोगी मनहरुले ९८४२३०५९८५ नम्बरमा पिढीत विरामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;