उपेन्द्र पक्ष पार्टी वैधानिकता दावी गर्न निर्वाचन आयोगमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ४ असार ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ । अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै दफा ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् ।

कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्षले अधिकाकिरताको विवादमा निवदेन दिएको छ ।

जेठ ७, ८, १७ र असार ३ गते ४ पटक बोलाइएको कार्यकारिणी बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यसम्पादनमा गुटगत गतिविधि गरेको यादव पक्षले आरोप लगाएको छ । कानून बमोजिम जसपालाई बहुमतका आधारमा आधिकारिकता विवदा टुग्याउनु आयोगलाई भनेको छ ।

यादव पक्षले बिहीबार भएको केन्द्रीय कार्याकारिणी समितिको बहुमत सदस्यको बैठक बसी पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए । श्रेष्ठले भने, ‘तपाईहरुको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरुपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरुले भनिसकेपछि हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’

विगतको नजिरलाई हेर्ने हो भने ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा(६) अनुसार स्पष्टको साथ जुन पक्षको बहुमत छ उसले आधिकारिक रुपमा नाम, पार्टीको झण्डा, चुनाव चिन्ह्लगायत सबै आधिकारिकता पाउँछ । जसले त्यो पु¥याउन सक्दैन उनीहरुलाई नयाँ दल दर्ता गर्न अवसर दिइनेछ भन्ने व्यवस्था छ । यद्यपी पुनः नेकपा जस्तै २ वटा पुरानो दलमा विभाजित हुन्छ कि भन्ने चिन्ता राजपामा पनि देखिएको नेताहरु बताउन थालेका छन् ।

 

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...