रेशम चौधरी रिहाई बारे सरकारमा सहभागी जसपा नेताहरु बोली फेर्दै

,   लिम्बुवान न्युज
                       

थरुहट। थारु समुदायमा विगत ६ बर्षदेखि एउटै मुद्दामा बहसमा आउने गरेको छ । जब जब भदौ नजिकिदै जान्छ, त्यो मुद्दामा झनै चर्को बहस हुन थाल्छ । तर भदौं नलाग्दै विगत केही महिनादेखि प्रमुख बहसको विष्णमा बनेको छ टीकापुर घटना र रेशम चौधरीको रिहाई । नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सारथी बनेका छन् जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतो ।

जसपाका यी दुई नेताले ओलीसँग पटकपटक वार्ता गरे । वार्ताको प्रमुख एजेण्डा हुने गथ्र्यो, कैलाली क्षेत्र १ बाट निर्वाहिचत सांसद रेशम लाल चौधरीको रिहाई । यी एजेन्डालाई मुर्त रुप दिन सरकार र जसपाबीच कार्यदल पनि बनाइयो । तर उक्त कार्यदलले हालसम्म रेशम चौधरीको रिहाईबारे केही बोलेको छैन ।
यसबीचमा जसपका महन्थ र राजेन्द्र महतो पक्षका ९ जना नेता मन्त्रीसमेत भइसकेका छन् । सरकारमा जानुअघि तिनै नेताहरुले भन्ने गर्थे– रेशम चौधरीको रिहाइ नभएसम्म जसपा सरकारमा सहभागी हुँदैन । यसो भन्नेमा महन्थ ठाकुर, राजेन्द्र महतो र पूर्व राजपका लगभग सबै नेताहरु छन् । त्यतिमात्र होइन, बाबुराम भट्राई पनि रिहाईको पक्षमा बोल्दै आए ।

तर तिनै महन्थ, राजेन्द्रहरु सरकारमा सहभागी बनिसके, रेशम चौधरीको रिहाइ भने अहिलेसम्म हुन सकेको छैन । हुँदाहँुदा तिनै नेताहरुले अहिले रेशम चौधरीको रिहाइलाई लिएर बोलीसमेत फेरिसके ।

मिडियामा आएर हाकाहाकी उनीहरुले भन्ने गरेका छन्— रेशम चौधरीलाई छुटाउँछु भनेर मैले कहिल्यै बोलेको छैन । पाइम टेलिभिजनमा केही समयअघि जसपा नेता अनिल झाले रेशम चौधरीको रिहाइका लागि आफूले कहिले पनि नबोलेको बताए । रेशम चौधरीको रिहाइको विषयमा म अनिल झाले रिहाइ गराउँछु भनेर कहिल्यै भनेको थिएन्,’ अन्तर्वार्तामा उनले भनेका छन् । तर, तिनै अनिल झाले प्रतिनिधिसभा संसदमा पूर्व राजपाले विरोध जनाउँदै गर्दा आफ्नो पार्टीको निर्वाचित सांसद रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने, रिहाइ गर्नुपर्ने अडान राखेका थिए ।

कुरा अनिल झाको मात्र रहेन, जसपामा सबैभन्दा शालिन नेताको रुपमा चिनिएका लक्षमणलाल कर्णले पनि बोली फेरेका छन् । एक रेडियोसँगको अन्तर्वार्तामा उनले रेशमलाल चौधरीलाई रिहाइ नगरेसम्म सरकारमा जान्न भनेर आफूले कहिल्यै नबोलेको बताए । उल्टै उनले प्रश्न गरे— डिल्लीबजार जेलको ताला फोडेर रिहाइ गर्ने हो र ?

उनी थप्छन–के गर्छ सरकारले ? त्यो मुद्दा खोसेर ल्याएर फैसला गर्छ ? सरकारले गएर डिल्लीबजारको जेलको ताला तोड्छ ? अनि त्यस्तो कुरा हामीले भन्यौं ? अरुले जे भने होला । मैले भने ? मैले भनेको छैन ।

तर सत्य के हो भने डिल्लीबजार जेलमै गएर पटक पटक जसरी छुटाउने भनेर आश्वासन दिने नेतामध्ये एक लक्ष्मण लाल कर्ण पनि हुन् । जेलमा मात्र होइन, अनिल झाजस्तै उनले पनि कयौंपटक संसदमा रेशम चौधरीको रिहाइका लागि सभामुखसँग माग गरेका छन् । तर सरकारमा सहभागी भएपछि नेताहरुले बोली फेरेको प्रष्ट हुन्छ ।

रेशम चौधरीसँग सबैभन्दा निकट नेताका रुपमा राजेन्द्र महतो मानिन्छन् । सरकारमा सहाभगी हुनुअघि उनले पनि चर्काचर्का भाषण ठेकेर भन्थे रेशमको रिहाइ नभएसम्म हामी सरकारमा जाँदैनौं । हामी सरकारबाट पीडित मान्छे हौं । हाम्रा धेरै माग मुद्दा छन्, जुन पुरा भएको छ । हाम्रा माग मुद्दाहरु पुरा नभएसम्म कुन मुख लिएर सरकारमा जाने ?

यस्ता प्रश्न तेस्र्याउने महतो अहिले उपप्रधानमन्त्री बनेका छन् । उपप्रधानमन्त्री बनेसँगै उनको मुखमा बुजो लागेको छ । रेशम चौधरीबारे उनले पनि बोल्न छाडेका छन् ।

तर राजेन्द्र महतोलगायत नेताहरुले के बुझ्नु पर्छ भने उनीहरुको पार्टी कैलालीका थारुहरुको भोटकै कारण लियो बनेको हो । कैलालीका थारुहरु एकमत हुँदा रेशम चौधरी विजयी भए, उनीसँगै प्रदेशसभामा दुई जना सांसद चुनिए । प्रतिनिधिसभाको समानुपातिक सांसद चुनिए । तर तिनै नेताहरुले अहिले थारुको मतको दुरुपयोग गरिरहेका छन् । थारु समुदायको सेन्टिमेन्टलाई कदर गरिरहेको छैन ।

महन्थ ठाकुर, राजेन्द्र महतोहरुले थारु समुदायको सेन्टिमेन्टलाई अझै नबुझ्ने हो भने अबको चुनावमा उनीहरु प्रदेश २ मा मात्र सीमित हुने पक्कापक्की छ । (थारुवानबाट)

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;