कोरोना संक्रमणबाट ३४ को मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना निको भएका छन् ।

७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ भने ५ लाख ५३ हजार ३५२ जना संक्रमणमुक्त भएका छन् । पहिलो र दोस्रो भेरियन्ट गरी हालसम्म ८ हजार ६७५ जनाको मृत्यु भएको छ ।

हाल दोस्रो भेरिन्ट कोरोना संक्रमणबाट देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । जसमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८८५ जना संस्थागत आइसोलेसनमा बसेका छन् । मन्त्रालयका अनुसार हाल ८७४ जनाको आईसीयू र २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

नयाँ संक्रमितमध्ये धेरै ३३७ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै शनिबार तीनवटा जिल्लाहरु बागलुङमा २२५ जना, मोरङमा १३०, सुनसरीमा ११० र झापामा १०४ जनामा संक्रमण थपिएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...