कोरोना संक्रमणबाट ३४ को मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना निको भएका छन् ।

७ हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ भने ५ लाख ५३ हजार ३५२ जना संक्रमणमुक्त भएका छन् । पहिलो र दोस्रो भेरियन्ट गरी हालसम्म ८ हजार ६७५ जनाको मृत्यु भएको छ ।

हाल दोस्रो भेरिन्ट कोरोना संक्रमणबाट देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ । जसमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८८५ जना संस्थागत आइसोलेसनमा बसेका छन् । मन्त्रालयका अनुसार हाल ८७४ जनाको आईसीयू र २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

नयाँ संक्रमितमध्ये धेरै ३३७ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै शनिबार तीनवटा जिल्लाहरु बागलुङमा २२५ जना, मोरङमा १३०, सुनसरीमा ११० र झापामा १०४ जनामा संक्रमण थपिएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;