युरोकपमा जर्मनीको पोर्चुगलमाथि शानदार जित

,   लिम्बुवान न्युज
                       

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । शनिबार घरेलु मैदानको फाइदा उठाउँदै जर्मनीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पराजित गरेको हो ।

जितसँगै ३ अंक जोडेको जर्मनीले नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनीले पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो ।

उता पहिलो खेलमा हंगेरीलाई ३–० ले पराजित गरेको साविक विजेता पोर्चुगल जर्मनीसँग निरिह सावित भएको छ ।

म्युनिखमा भएको खेलमा सुखद शुरुवात गर्दै १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर सुरुआत देखि नै आक्रमक शैलीमा खेलमैदानमा उत्रिएका जर्मनीले बराबरी गोल पर्काउन धेरै कुर्नुपरेन । जर्मनीलाई घरेली दर्शकको राम्रै साथ रहेको थियो ।

पोर्चुगलका डिफेन्डर रुबेन डियाजको खुट्टामा लागेको बल ३५औं मिनेटमा आफ्नै गोलपोस्टमा आत्माघाती गोल गरेपछि जर्मनीले खेल बराबरी ग¥यो । यस्तै अर्को आत्माघाती गोल ३९औं मिनेटमा राफेल गुरेइराले गरेपछि पहिलो हाफमा जर्मनीले २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१औं मिनेटमा रोविन गोसेन्को पासमा काइ हाभार्टले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए । यस्तै ६०औं मिनेटमा जोसुअ किम्मीचको पासमा गोसेन्सले गोल गरेपछि १५ मिनेटको अन्तरमा थप २ गोल गर्दै जर्मनीले ४–१ को अग्रता बनायो ।

६७औं मिनेटमा जोटाले रोनाल्डोको पासमा गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरेका थिए तर थप गोल पर्काउन नसक्दा जर्मनीले शानदार जित हात पारेको हो ।

‘ग्रुप अफ डेथ’ मानिएको समूह डी मा सबैले २/२ खेल खेलिसक्दा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ । जर्मनी र पोर्चुगलको समान ३ अंक छ भने हंगेरीको १ अंक छ ।

अब अन्तिम खेलमा जर्मनीले हंगेरी र पोर्गुचलले फ्रान्ससँग खेल्नेछ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;