दमकमा स्काउटको ७०औं स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा नेपाल स्काउटको ७०औं स्थापना दिवस मनाइएको छ । शनिबार दमक ३ बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गर्दै वातावरण संरक्षणको सन्देश दिदैं स्काउटरहरुले मनाएका हुन् ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख उपस्थितिमा नेपाल स्काउट दमक नगर तदर्थ समितिको अगुवाईमा स्काउटरहरुले अघिल्लो बर्ष सो ठाउँमा रोपिएका आँप, लिची लगायतका फलफुलका विरुवा गोडमेल गरेका हुन् ।

सो कार्यक्रममा दमकका तीन वटा स्कुलहरु हिमालय मावि स्काउट, ढुकुरपानी मावि र सिंहदेवी माविका रोभर रेन्जरहरु सहभागी भएर स्काउटको स्थापना दिवस मनाइएको थियो ।

नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य राम पौडेलले विभिन्न अवसरमा वृक्षारोपण गर्ने गरिएपनि त्यसको संरक्षण र बिकासका लागि ध्यान नपुग्दा वृक्षारोपणको उद्धेश्यनै पूरा हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यस बर्ष बिरुवा गोडमेल र संरक्षण गर्ने काममा स्काउटरहरुलाई परिचालन गरिएको बताए । झापाको दमक, गौरादह लगायत देशभर स्काउटको स्थापना दिवस मनाइएको पौडेलले बताए ।

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;