जसपानिकट कानून व्यवसायीद्वारा ठाकुरविरुद्ध कीर्ते जालसाजीमा मुद्दा दर्ता गर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौँ ०६, असार। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूह विरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकटका कानून व्यवसायीको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।

‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियाँवादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौ ।’

जसपाको भट्टराई–यादव समूहले यस अघि नै आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...