जसपानिकट कानून व्यवसायीद्वारा ठाकुरविरुद्ध कीर्ते जालसाजीमा मुद्दा दर्ता गर्दै

 लिम्बुवान न्युज
                       

काठमाडौँ ०६, असार। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूह विरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकटका कानून व्यवसायीको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।

‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियाँवादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौ ।’

जसपाको भट्टराई–यादव समूहले यस अघि नै आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;