फाल्गुनन्दमा कोरोना संक्रमितलाइ संकलित राहत वितरण, कोरियाबाट ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

पाँचथर, ६ असार । फाल्गुनन्दमा कोरोना मुक्त अभियान संचालनमा क्रियाशिल स्थानीय युवाहरुले कोरोना संक्रमित परिवारलाई रातहत वितरण गरेको छ । आइतबार कोरोना पोजेटिभ भई घरमै आइसोलेशनमा बसेकाहरुलाई खाद्यन्न सामाग्री राहत दिईएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा पुगेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले आफ्नो कमाईको केही अंश गाउँमा कोरोना संक्रमितलाई मद्दत पुगोस् भन्ने हेतुले पठाएको रकमबाट प्रत्येक संक्रमितलाई २० केजी चामल र १ लिटर तेल कोरोना मुक्त अभियानका अभियन्ता संघीय लिम्बुवान मञ्च, नेपालका सचिव लावाहाङ्ले जनाएका छन् ।

संक्रमति परिवारलाई समस्या नपरोस्, आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पालना गरेर होम आइसोलेसनमा बस्न अनुरोध गर्दै पहिलो चरणमा फाल्गुनन्द फाक्तेपको जहाने, मसरे, पुछारे टोल र डाँडागाउँमा वितरण गरिएको छ । त्यसैगरी फाक्तेप ३ र ९ वार्डहरुमा पनि रातहत वितरण गरिने अभियन्ता चेम्जोङ् बताए ।

अभियन्ताका संयोजक चेम्जोङ्ले भने –‘फाल्गुनन्दलाई कोभिड–१९ मुक्त बनाउने हाम्रो अभियान’ भन्ने नाराका साथ सबै युवाहरु क्रियाशिल भएका छौ. । जापान, सिंगापुर, बेलायत, कोरिया, कतार, दुवई, साउदी, मलेसिया, बहराइन, कुवेत, भारत लगायत देशमा गएर श्रम गरिरहेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले अभियानलाई आर्थिक संकलन गरि पठाएको बताउँदै चेम्जोङ्ले भने फाल्गनुन्दमा पछिल्लो पटक कोरोना संक्रमण उच्चदरमा फैलिएको हुँदा त्यसको रोकथाम गर्न सक्रिय रुपमा लाग्ने र सहयोग निरन्तर प्राप्त भईरहेको समेत बताए ।

कोरियाबाट ३ लाख ५० हजार बराबरको सागाम्री गाउँपालिकालाई प्रदान

रोजगारीको शिलसिलामा कोरिया पुगेका फाल्गुनन्द गाउँपालिकाका युवाहरुले ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना संक्रमणलाई न्यूनियकरण गर्न र आफ्नो घरगाउँमा आइपरेको विपत्तिमा सहयोग गरिएको कोरियामा कार्यरत भिमराज चेम्जोङ्ले बताए ।

खरिद गरिएको स्वास्थ्य सामाग्री गाउँपालिकाकालाई हस्तान्तरण गरिएको अभियान्ता लावाहाङ चेम्जोङ्ले बताए ।

सामाग्रीहरु पिपिइ (स्वास्थ्य कर्मीले लगाउने ड्रेस) २४ सेट, पल्स अक्सिमिटर अक्सिजन नाप्ने १२ ओटा, थर्मलगन् ज्वरो नाप्ने १२ ओटा, कप सिरफ खोकीको झोल२०० ओटा, भिटामिन (सि) २५ बट्टा वा ४०० स्ट्रिप, सेनिटाईजर छ लिटरको २० ओटा र ५०० एमएलको ६० ओटा, माक्स २५ हजार पिस, गम्बुट १२ ओटा, ग्लोब्स २० बक्स, प्यारा सिटामोल ७ हजार ट्याब्लेट, चेबन प्रास आयुर्वेदिक औषधि कोरोना बिरामीले खाने १०० केजी, कस्तुरी भुषण ७५ पिस, ग्यस्टी मधु चूर्ण ५० पिस र लक्ष्मी विलास रस २ हजार ट्याब्लेट प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...