पत्रकार र बन कर्मचारीको परिचयपत्र देखाएर ठगी गर्ने २ जना पक्राउ

 लिम्बुवान न्युज
                       

दमक/पत्रकार परिचयपत्र र वनको कर्मचारी हौ भन्दै काठ मिलमा पैसा उठाएर ठगी गर्ने २ जनालाई मोरङ रतुवामाई नगरपालिका १० बाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देललाई पक्राउ गरेको हो ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० का पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुसंग भेटिएको अभिलेख डायरीमा मोरङका बिभिन्न ठाउँमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख छ । उनीहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाएर विभिन्न काठ मिलहरूमा रकम उठाएर ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेकाद्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...