माओवादीले ९९ जना केन्द्रीय समितिमा थप्ने, ४० बर्ष मुनिका युवाहरुलाई बढी प्राथामिकता

 लिम्बुवान न्युज
                       

काठमाडौं, ७ असार । नेकपा माओवादी केन्द्रले ९९ जना केन्द्रीय समितिमा सदस्य थप्ने तयारी शुरु गरेको छ । माओवादीले थप गरिएकोमा ४० वर्षमुनिका युवाहरुलाई विशेष प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी थालेको हो ।

एमालेसँगको पार्टी एकता सर्वोच्चले वदर गरिदिएपछि माओवादीले नयाँ संगठन निर्माणको तयारी शुरु गरेको हो । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ ।

फाइल तस्वीर

संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा थप ९९ सदस्य थप्ने सुझाव दिइएको बताए । उने भने– ‘नयाँ सदस्य थप्दा ४० वर्षमुनिका युवालाई विशेष प्राथमिकता दिइने छ ।’

माओवादीले यस अघि नै केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याएको थियो । सोही बमोजिम केन्द्रीय कमिटी बन्न लागेको अर्का कार्यदल सदस्य जनार्दन शर्मा प्रभाकरले बताए । उनले युवा नेतृत्वलाई पहिलो प्राथामिकतामा राखिनु पर्नेमा जोड दिए ।

केन्द्रीय सदस्यको नाम सङ्कलन जारी, ४ हजारको संख्यामा रहेको सदस्यहरुबाट छान्न सकस पनि उत्तिकै

केन्द्रीय समितिमा नाम संकलन गर्न माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । आज सोमबारसम्ममा प्रदेश कमिटीबाट सुझाव आइसक्ने नेता शर्माले बताए ।

सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।

एकताका माओवादी केन्द्रमा ४ हजार बढी केन्द्रीय सदस्यहरु थिए । सो अनुसार हाल माओवादीलाई केन्द्रीय सदस्य छान्न भने निक्कै सकस भएको स्रोतले बताएको छ । यद्यपी २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बनेको हुँदा माओवादीलाई थप ९९ जना सदस्य छान्न त्यति कठिनाई पर्ने पनि बुझिएको छ ।

२०७७ फागुन २३ मा सर्वोच्चले एकता बदर गरिदिएपछि गत चैतमा बसेको माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकमा १ सय ८५ जना उपस्थित थिए । सो बैठकमा नेता रामबहादुर थापा ‘बादल’ लगायत १० जना अनुपस्थित भएको र एमालेसँग एकता भएयता ५ जना केन्द्रीय सदस्यहरुको मृत्यु भएको जानकारी गराइएको थियो ।

पूर्वमाओवादी नेताहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनीहरुलाई पार्टीले यस अघि नै कारवाही गरिसकेको हुँदा अब उनीहरु नफर्किने निष्कर्षसहित सो रिक्त भएको स्थानमा पनि पदपूर्ति गर्ने तयारी माओवादी थालेको जनाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...