मुख्यमन्त्री राईद्वारा प्रदेशको नामाकरण गर्ने प्रस्ताव प्रति मञ्चद्वारा आपत्ति

 लिम्बुवान न्युज
                       

विराटनगर, ७ असार । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण यहि अधिवेशन गर्नेगरी प्रस्ताव ल्याएकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आपत्ति जनाएको छ । प्रदेशको नाम पहिचानको आधारमा नगर्ने हो भने मुख्यमन्त्री राईले ल्याएको अहिलेको प्रस्ताव फिर्ता गर्न मञ्चले ध्यानाकर्षण गरेको हो ।

प्रदेश १ का विपक्षी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले आजको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै पहिचान विरोधी नामकरण गर्ने निर्णय भए त्यसलाई मञ्चले स्वीकार गर्न नसक्ने जिकिर गरिन् । उनले भनिन्, –“लिम्बुवानको राजधानी विजयपुर भएको इतिहासमा प्रष्ट छ । त्यतिमात्र होइन गोर्खाली सेना र लिम्बुवानी सेनाबीचको युद्धमा कसैको हारजित नभएकाले १८३१ मा नुन पानी (लालमोहर)को सन्धी सम्झौता पृथ्वीनारायण शाहसँग भएको थियो । अरुण पूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई तत्कालीन राज्यले मान्यता दिएको प्रस्ट छ । लिम्बुवानमा विगतकै भूमि व्यवस्था लगाइएको थियो । लिम्बुवान भनेको जिउँदो भूमि हो । विगतमा भएका सम्झौता लागू हुनुपर्छ ।”

उनले एतिहासिक नामकरण गर्ने हो भने लिम्बुवान, खम्बुवान र किरात हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिन् । योबाहेक विरोधी नाममा बल नगर्न आग्रह गर्दै उनले पहिचानको मुद्दा ओझेलमा पार्न खोजिए मान्य नहुने र मञ्चले शसक्त आन्दोलन गर्ने चेतावनी पनि दिइन् ।

प्रदेशमा वहुजातीय र वहुपहिचानको आधारमा नामकरण हुनुपर्ने र देश संकटमा परेको अवस्थामा प्रदेशको नामकरण प्रस्ताव गर्न हतारो गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाईनै समाप्त गर्ने षडयन्त्र रहेको बताइन् । “कोरोना महामारीमा जनता आन्दोलनमा आउन सक्दैन भनेर मुख्यमन्त्रीले नामको प्रस्ताव ल्याउनु भएको छ, यतिबेला प्रदेश नामाकरण गर्ने उचित समय होइन,” तुम्बाहाम्फेले भनिन्, “यत्तिका समयसम्म नामकरण नराख्दा भएको थियो । यो बेला कुनै पनि आन्दोलनहरु हुन सक्दैन भनेर नै नामको प्रस्ताव ल्याइएको हो ।”

उनले थपिन्– प्रधानमन्त्रीले देश मध्यावधी चुनावमा लगिसकेको अवस्थामा मुख्यमन्त्री राईले प्रदेशको नाम प्रस्ताव गर्न मिल्छ ? कि मिल्दैन भन्दै उनले प्रश्न गरिन् । उनले षडयन्त्रपूर्ण ढंगबाट प्रदेश १ को नाम कोशी र सगरमाथा राखिए अशान्ति हुने भन्दै उनले २ नम्बर प्रदेशमा जस्तै नाम राख्न खिचलो झिक्ने मनसाय देखिएको बताइन ।

यसरीनै मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले भने अहिले नामाकरण गर्ने प्रदेश १ का मुख्यमन्त्री राईको एकल प्रस्ताव नभई काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओली शर्माको षडयन्त्र भएको भन्दै पहिचान सहितको लिम्बुवान, खम्बुवान किरात नामाकरण नगरिए विगत १६ बर्ष देखि पहिचान, संघीयता र धर्मनिरपेक्षताको लागि निरन्तर लडिरहेको संघीय मञ्च चुप लागेर नबस्ने बरु संघीयता कार्यान्वयनको लागि निरन्तर सडकमा आन्दोलित हुने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...