झापामा निषेधाज्ञा १४ गतेसम्म लम्बियाे, १२ बजेसम्म पसलहरू खुल्ला रहने

 लिम्बुवान न्युज
                       

दमक/ झापामा फेरी निषेधाज्ञा थप भएको छ । केहि खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । डीसीसीएमसीको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणदर अझै पनि अपेक्षाकृत रुपमा कमी आउन नसकेकाले निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको बताईन्छ ।

जिल्लाको संक्रमण अवस्थालाई हेरेर बैठकले निर्णय लिएको र यसको पालना गर्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । झापामा निषेधाज्ञा पालना गर्ने गराउने कार्य कमजोर रहेको बताईँन्छ ।

पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा

औषधी र स्वास्थ्य सामाग्री, ईन्धन (पेट्रोल र डिजल स्टेसन, एलपी ग्याँस ) बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी पसल विहान ६ बजे देखी मध्यान्न १२ बजे सम्म सञ्चालन गर्न पाईने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नेरगराउने, सो को प्रभावकारी अनुगमन सम्बन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने  बताएका छन् ।

होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र सञ्चालन गर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;