रहेनन् झापा जेल विद्रोहका नेता जीवन मगर

 लिम्बुवान न्युज
                       

झापा, ८ असार/ झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ । अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर पनि राजनीतिमा सक्रिय रहेका थिए ।

लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम) ६३ वर्षका थिए । पारिवारिक स्रोतले जनाए अनुसार गत बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

झापा, गरामनीका उनी झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए। त्यति बेला १६ वर्षभन्दा कम उमेरका भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो । नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उनी पनि थिए ।

बहुदल आएपछि उनी पत्रकारितामा लागेका थिए। कान्तिपुर प्रकाशन सुरु भएसँगै उहाँ आबद्ध भएर लामो समयसम्म कान्तिपुरको फिचर र विचार, लेखको सम्पादनमा संलग्न थिए। मगरका श्रीमती र दुई छोरी छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...