रहेनन् झापा जेल विद्रोहका नेता जीवन मगर

 लिम्बुवान न्युज
                       

झापा, ८ असार/ झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ । अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर पनि राजनीतिमा सक्रिय रहेका थिए ।

लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम) ६३ वर्षका थिए । पारिवारिक स्रोतले जनाए अनुसार गत बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

झापा, गरामनीका उनी झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए। त्यति बेला १६ वर्षभन्दा कम उमेरका भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो । नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उनी पनि थिए ।

बहुदल आएपछि उनी पत्रकारितामा लागेका थिए। कान्तिपुर प्रकाशन सुरु भएसँगै उहाँ आबद्ध भएर लामो समयसम्म कान्तिपुरको फिचर र विचार, लेखको सम्पादनमा संलग्न थिए। मगरका श्रीमती र दुई छोरी छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...