कामठाडौं, ९ असार। पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ को पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी जम्मा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । विगतमा २९ जनाको तथ्याङ्क समावेश नगरिएको हुँदा जम्मा ८१ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयले आज सार्वजनिक गरेको हो ।
पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७ हजार २४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा उल्लेख गरेको छ ।