फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल प्रति लिटर १२७ रुपैयाँ

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा १२७ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको विज्ञप्ति मार्फत जनाएको छ ।

यसैगरी निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । आन्तरिकतर्फ २ रुपैयाँ बढेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै आन्तरिकतर्फ हवाई इन्धनको खुद्रा बिक्री मूल्य ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको बिक्री मूल्य ७३५ अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ ।

यसअघि निगमले २२ जेठमा पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । निगमका प्रवक्ता इ. विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;