लिम्बुवानद्वारा झुटा मुद्दा लगाई पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइ गर्न माग

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, १० असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान लिम्बवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

गत सोमबार ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका १ स्थित परमसिंह माविमा भएको सामान्य वादविवादलाई लिएर पक्राउ परेका मञ्चका प्रान्तीय सचिवालय सदस्य नविन पोमू, जिल्ला सदस्य तथा निर्वाचित वडा सदस्य मल्लराज पोमू, जिल्ला सदस्य अजय पोमू लगायत स्थानीय मजदुरहरु पक्राउ परेकोमा रिहाईको माग गरेको हो ।

आज विहिबार मञ्चको जिल्ला समितिले विज्ञप्ति जारी गर्दै गाउँपालिकाका कर्मचारीहरुको तर्फबाट जारी गरेको विज्ञप्ति साथै मंगलबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्मा बुझाईएको भनिएको ज्ञापनपत्रमा सो स्कुलमा निर्माण कार्य भईरहेको भवन अनुगमन गर्न जाने क्रममा इन्जिनियर र सव इन्जिनियर माथि कुटपिट गरि ज्यानमार्ने उद्योग गरेको भन्ने आरोप झुठो र कपोकल्पित भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा मञ्चले कर्मचारीहरुको पहिचान नखुलाई किर्ते हस्ताक्षर प्रयोग गरि स्थानीय सरकार, केही राजनीतिक दलले राजनीतिक प्रतिशोध साँध्न नेताहरुमाथि झुठो मुद्दा लगाईएको प्रति भत्र्सना गरेको छ ।

“घटना घटेकै दिन पिढित भनिएका द्वय कर्मचारीहरु स्वयमले सामान्वय वादविवाद भएकोमा मेलमिलाप गर्न खोजेको तर यसै विवादलाई अझ अतिरन्जित गरेको प्रति मञ्चले आपत्ती जनाएको हो ।” –मञ्चका जिल्ला सचिव असोक मादेनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;