प्रधानमन्त्रीको गृहनगर दमकद्वारा १ अर्ब ३८ करोड बजेटको नीति तथा कार्याक्रम सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, १० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकले नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । आज दमक नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको हो ।

प्रम ओलीको गृह नगर दमक नगरपालिकाले १ अर्व ३८ करोडको बजेटको नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । ९औं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख तथा नगर प्रवक्ता गीता अधिकारीले बार्षिक नीति तथा कार्याक्रम प्रस्तुत गरेकि थिइन् ।

नगरले कोभिड–१९ सँग लड्न स्थापना गरेको अस्पताललाई थप व्यवस्थित गर्दै लानेमा नगरसभाले जोड दिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तीमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने उप–प्रमुख अधिकारीले बताइन् ।

संक्रमणका कारण बजेट केही कम भए पनि नगरबासीको जिऊधन रक्षामा आफूहरु लागि परेको र कुनै पनि क्षेत्रमा राजश्व बृद्धि नगरेको सभाका अध्यक्ष नगर प्रमुख रोमनाथ ओलीले बताए ।

बार्षिक नीति तथा कार्याक्रममा माइ पश्चिममा क्रियासिल पत्रकारहरुको संगठन दमक पत्रकार मञ्चलाई जग्गाको व्यवस्थापन गर्दै भवन निर्माणमा थप मद्दत गर्ने पनि उपप्रमुखले उल्लेख गरेकि छन् ।

आजनै झापा ५ नम्बर क्षेत्र अन्तर्गतका अन्य स्थानीय तह कलम गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले पनि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...