पाँचथरका आठ वटै स्थानीय तहले एकैदिन गरे बजेट सार्वजनिक

 लिम्बुवान न्युज
                       

पाँचथर, ११ असार। जिल्लाका आठ वटै स्थानीय तहले बिहीबार एकैदिन बजेट सार्बजनिक गरेका छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कोरोना महामारीकाबीच स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नगर तथा गाउँसभा सम्पन्न गरिएको हो । जिल्लाको एकमात्र नगर फिदिम नगरपालिकाले कम भौतिक उपस्थितिमा जुम मार्फत नगरसभा सम्पन्न गरेको थियो ।

नगरपालिकाको नवौं नगरसभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्तकुमार नेम्बाङले जुम मार्फत गरेका थिए । मन्त्री नेम्बाङले नागरिकलाई प्रत्यक्ष लाभ मिल्ने किसिमका कार्यक्रममा स्थानीय तहले जोड दिनुपर्ने बताएका थिए ।

आर्थिक वर्ष २०७८÷०७९ का लागि जिल्लाका स्थानीय तहहरुको कूल बजेट ८ अर्ब २७ करोड ९६ लाख ७० हजार १४६ रुपैंयाँ रहेको छ ।

सबैभन्दा धेरै फिदिम नगरपालिकाले ९१ करोड ६५ लाख ३२ हजार १ सय २० रुपैँयाँ रकम विनियोजन गरेको छ । त्यसैगरी याङवरक गाउँपालिको ४५ करोड ७० लाख ९८ हजार रुपैंयाँ, हिलिहाङ गाउँपालिकाले ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६ रुपैंयाँ, फालेलुङ गाउँपालिकाले ४६ करोड १५ लाख ४१ हजार रुपैंयाँ गरेको छ ।

यसैगरी कुम्मायक गाउँपालिकाले ३४ करोड ६१ लख ८४ हजार ५१० रुपैंयाँ, फाल्गुनन्द गाउँपालिकाले ४६ करोड ४४ लाख ३४ हजार रुपैंयाँ, मिक्लाजुङ गाउँपालिकाले ५५ करोड ५७ लाख ८० हजार रुपैंयाँ र जिल्लाकै सबैभन्दा थोरै बजेट तुम्बेवा गाउँपालिकाले ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैँयाँ विनियोजन गरेको छ ।

चार्टमा पनि हेर्न सक्नुहुनेछः

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...