माङसेबुङ गाउँपालिकाको नवौं साधारणसभाबाट बजेट सार्वजनिक, कुन क्षेत्रमा कति ?

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४० करोड ५१ लाख ७७ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नवौँ गाउँसभामा उपाध्यक्ष सुनिता सुब्बाले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकि थिइन् । उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिएका छन् ।

आयतर्फ संघीय समानीकरण अनुदान ९ करोड २५ लाख, संघीय राजस्व बाँडफाँटबाट ६ करोड ७७ लाख ६७ हजार, संघीय सशर्त अनुदान १९ करोड, संघीय समपूरक अनुदान ४२ लाख, प्रदेश समानीकरण अनुदान ५२ लाख ८० हजार, प्रदेश सवारी कर बाँडफाँडबाट ४६ लाख ६० हजार ६ सय ८०, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ५८ लाख ४२ हजार, आन्तरिक आय ५० लाख रुपैयाँ रहने गाउँपालिकाले प्रक्षेपण गरेको छ । त्यस्तै बैंक मौज्दात २ करोड रुपैयाँ रहने अनुमान गरेको छ ।

व्ययतर्फ गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासमा ४ करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

दोश्रोमा सामाजिक विकासमा २ करोड ५९ लाख ६० हजार ६ सय ८० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास क्षेत्रमा १ करोड ७७ लाख ७० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३१ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ६ करोड ५१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

समपूरक कोषमा २ करोड रुपैयाँ र मर्मत सम्भार कोषमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तोकिएको कार्यक्रम संचालन गर्न सशर्त अनुदान शीर्षकमानेपाल सरकारबाट १९ करोड र प्रदेश सरकारबाट ५८ लाख ४२ हजार रुपैयाँ प्राप्त हुनेछ ।

समपूरक अनुदानतर्फ नेपाल सरकारबाट देउमाई फाकफोक दोभान नावालुङ देउराली हुलाक सडक स्तरोन्नति (क्रमागत आयोजना) का लागि ४२ लाख र प्रदेश सरकारबाट १ करोड प्राप्त हुनेछ ।

गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा ६० लाखका दरले ३ करोड ६० लाख बजेट छुट्टाइएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...