माङसेबुङ गाउँपालिकाको नवौं साधारणसभाबाट बजेट सार्वजनिक, कुन क्षेत्रमा कति ?

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४० करोड ५१ लाख ७७ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नवौँ गाउँसभामा उपाध्यक्ष सुनिता सुब्बाले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकि थिइन् । उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिएका छन् ।

आयतर्फ संघीय समानीकरण अनुदान ९ करोड २५ लाख, संघीय राजस्व बाँडफाँटबाट ६ करोड ७७ लाख ६७ हजार, संघीय सशर्त अनुदान १९ करोड, संघीय समपूरक अनुदान ४२ लाख, प्रदेश समानीकरण अनुदान ५२ लाख ८० हजार, प्रदेश सवारी कर बाँडफाँडबाट ४६ लाख ६० हजार ६ सय ८०, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ५८ लाख ४२ हजार, आन्तरिक आय ५० लाख रुपैयाँ रहने गाउँपालिकाले प्रक्षेपण गरेको छ । त्यस्तै बैंक मौज्दात २ करोड रुपैयाँ रहने अनुमान गरेको छ ।

व्ययतर्फ गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासमा ४ करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

दोश्रोमा सामाजिक विकासमा २ करोड ५९ लाख ६० हजार ६ सय ८० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास क्षेत्रमा १ करोड ७७ लाख ७० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३१ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ६ करोड ५१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

समपूरक कोषमा २ करोड रुपैयाँ र मर्मत सम्भार कोषमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तोकिएको कार्यक्रम संचालन गर्न सशर्त अनुदान शीर्षकमानेपाल सरकारबाट १९ करोड र प्रदेश सरकारबाट ५८ लाख ४२ हजार रुपैयाँ प्राप्त हुनेछ ।

समपूरक अनुदानतर्फ नेपाल सरकारबाट देउमाई फाकफोक दोभान नावालुङ देउराली हुलाक सडक स्तरोन्नति (क्रमागत आयोजना) का लागि ४२ लाख र प्रदेश सरकारबाट १ करोड प्राप्त हुनेछ ।

गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा ६० लाखका दरले ३ करोड ६० लाख बजेट छुट्टाइएको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...