कमल टुकुरेकी संगीताको तीन दिनमा बन्यो घर, उनको जीवनमा एकाएक खुशी भित्रीयो

,   लिम्बुवान न्युज
                       

कमल,११ असार। दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी कमल ५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुशी भित्रिएको छ । उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरुको समुहले तीन दिनभित्रै स्थानीय संगीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएर खुशी भित्रयाएको हो ।

दाताहरुको सहयोगमा प्राप्त खाद्यसामान (राहत) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थें– संगीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले संगीताको जिवनमा यही घरनै सबैभन्दा खुशीको उपहार बनेको प्रतिक्रिया दिइन । संगीताको घर परिवारको अवस्थाबारे सञ्चार माध्यमहरुमार्फत बाहिर आएपछि केही मनकारी युवाहरुले थाहा पाए । उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि संगीताको घरमा पुगेका कमल ५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– हामी यो ठाउँमा आयौं, अवस्था साँच्चैनै दयनिय देख्यौं र अग्रज दाईहरु र साथीभाईका बीचमा सरसल्लाह भयो, संगीताको घरका लागि हामीले स्टीमेट निकाल्यौं बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौं, तीन दिनमा यो घर तयार भयो ।

यसरी बन्याे चिटिक्क परेकाे घर

उनले घर निर्माणको सोच बनाउँदा कतिपयले यसलाई मजाकका रुपमा लिन खोजेपनि तीन/चार दिनभित्रै घर निर्माण सकिँदा भने दंग परेको बताए । घर निर्माणको लागि नेपाली कांग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राइले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल ।

उनीहरुको विशेष सहयोग त छदैं थियो भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीले उसैगरी खटिएर संगीताको जिवनको सबैभन्दा खुशीको क्षण ल्याइदिएका हुन ।

यस्तो छ संगीताको कथा व्यथा

काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक बर्ष अघि संगीताका पति पुष्प राइको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । त्यसको ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जिवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।

आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता । छिमेकी शान्ता चेम्जोङ (देवान) भन्छिन– मुर्छा पर्ने बिराम पनि रहेछ , खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।

संगीताको परिवार त्यहाँ बस्नु अघि नातेदार (संगीताका काका ससुरा) को घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो, उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो । छिमेकी शान्ताको बुझाईमा संगीताका लागि जिवनकै सबैभन्दा धेरै खुशी यो घर प्राप्तीले दिएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;