पत्रकार महासंघद्वारा कोरोना प्रभावित पत्रकारलाई मनोपरामर्श

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, असार ११। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा भएको छ ।

शुक्रबार पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।

प्रमुख अतिथि महासंघका संस्थापक महासचिव भण्डारीले कोरोनाले सञ्चार क्षेत्र र सञ्चारकर्मीमा ठूलो प्रभाव पारेको बताउँदै यो बेला मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने र मनोबल बढाउनुपर्नेमा जोड दिए । कोरोना महामारीले उत्पन्न गरेको त्रासका बीच महासंघले सान्दर्भिक कार्यक्रम गरेको भन्दै भण्डारीले त्रास हटाएर सामान्य जीवनतर्फ फर्कन अहिलेको आवश्यकता भएको र अबको पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले पत्रकारको मनोबल बढाउनुपर्नेमा जोड दिँदै भने– ‘पत्रकारको मनोबल बढ्नु भनेको समाज एक कदम अगाडि बढ्नु हो ।’

कार्यक्रमका सहजकर्ता मानसिक एवम् मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान नेपालका संयोजक मनोविद् ढकालले अहिलेको समयमा मनोबल बढाउन तथा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए । ढकालले संक्रमण तथा संक्रमणपछिको अवस्थामा पनि मेडिटेशन, शारीरिक व्यायाम, निद्रा, सन्तुलित खानपान, सहयोगी भावना, पर्याप्त मनोरञ्जन र सुमधुर सम्बन्धमा ख्याल गर्नुपर्ने बताए । तनावमा हुँदा मनोबल घट्ने हुँदा तनाव व्यवस्थापन गर्दै हौसला, प्रेरणा र आत्मविश्वास बढ्ने गतिविधि बढाउनुपर्ने ढकालको सुझाव छ । उनले सकारात्मक ऊर्जा दिने पुस्तक पढ्न, भिडियो हेर्न सुझाएका छन् । तर, नकारात्मक प्रभाव पर्ने समाचार र सामाजिक सञ्जालबाट टाढा बस्न ढकालको सुझाव छ । आफूलाई जे गर्दा खुशी मिल्छ त्यस्ता कार्य गरेर मनोबल उच्च राख्दै मानसिकरुपमा स्वस्थ हुनुपर्नेमा मनोविद् ढकालले जोड दिएका छन् । अहिले कोरोनाबाट निको भएकामध्ये ३७ प्रतिशतलाई मानसिक समस्या देखिएको भन्दै उनले सबैका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको बताए ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रम आगन एफएम तथा महासंघको सामाजिक सञ्जालमार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा कोरोना भाइरस संक्रमणको अवस्थामा रहेका, संक्रमण मुक्त भएका तथा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुले मनोविद् ढकाल समक्ष विभिन्न जिज्ञासा राखेका थिए । महासंघ झापा शाखाले पत्रकारहरुका लागि आवश्यक परेको खण्डमा मनोविद्सँग मनोपरामर्श कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;